हिमपातका कारण सोलु-ओखलढुङ्गा सडक खण्ड तीन दिनदेखि बन्द

जनपत्र
१६ पुष २०७८, शुक्रबार ११:५६

सोलुखुम्बु – हिमपातका कारण सोलु-ओखलढुङ्गा सडक खण्ड तीन दिनदेखि बन्द भएकाे छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण गएकाे बुधवार बेलुकादेखि दुई जिल्ला बीचको सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ ।

सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ डाेजरले सोरेर आंशिक रुपमा सडक खुलाए पनि ओखलढुङ्गाको ठाडे क्षेत्रको सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ ।

पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको स्थानीयले बताएका छन् ।

सडकमा हिउँ जमेकाले दुर्घटनाको जोखिम उच्च भएकाे प्रहरीले जनाएको छ । सडक बन्द भएसँगै सोलुखुम्बुबाट काठमाण्डौसहित विभिन्न जिल्लाका लागि छुट्ने तथा जिल्ला भित्रिने गाडी अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भने भइरहेकाे प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*