हेटौंडामा सार्बजनिक यातायातबाट निस्कने फोहोर रोकिदै

हेटौंडा । सार्बजनिक यातायातबाट निस्कने फोहोर अहिले मकवानपुरका लागि निकै चुनौतीको बिषय बनेको छ । यसलाई रोक्नका लागि टोल बिकाश संस्था नगर समन्वय समिति लागिपरेको छ । यसै सन्धर्बमा आज हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा स्वच्छ वायु, स्वस्थ जिवनू भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ को पहिलो दिन सार्वजनिक यातायातबाट निस्कने फोहोर मैला व्यवस्थापनमा सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा सहभागिहरुले सार्बजनिक यातायातबाट निस्कने फोहोर नियन्त्रण गर्न लाग्नुपर्ने सुझाब दिएका छन् । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका ईन्द्र प्रसाद पन्त, टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कि, मकवानपुर साझा यातायातका सुनिल लोप्चन, नारायणी संघका गुणराज घिमिरे, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका भिम प्रसाद तिमल्सिना, समितिका सल्लाहकार श्यामबहादुर श्रेष्ठ, बेगम बराल लगाएत विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यवसायी तथा सरोकारवालाहरूले सार्वजनिक यातायातबाट निस्कने फोहोरको व्यवस्थापनको लागि गाडिहरूमा डस्बिन तथा सुचनामुलक स्टिकर राख्न समन्वय गर्ने प्रतिबद्ता व्यक्त गर्नु भयो ।