नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी

जनपत्र
१६ पुष २०७८, शुक्रबार ११:२४

unn.prixa.net

काठमाण्डाै – रुसले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाइए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमाथि नयाँ नाकाबन्दी लगाइए सम्बन्ध पूरै विच्छेद हुने बताउनु भएको हो ।

५० मिनेट लामो टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरुले निर्णायक जवाफ दिने बताउनु भएको थियो । युक्रेनको पूर्वी सीमा क्षेत्रमा रुसले १ लाखभन्दा धेरै सेना तैनाथ गरेपछि रुस र अमेरिकासहित पश्चिमा देशबीच तनाव बढेको छ ।

रुसले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*