मकवानपुरको सिमभञ्याङ–दामनमा अवरुद्ध त्रिभुवनरापथ खुल्यो

जनपत्र
१६ पुष २०७८, शुक्रबार ०८:४७

हेटौंडा । मकवानपुरको सिमभञ्याङ–दामनमा अवरुद्ध त्रिभुवनरापथ खुलेको छ । डोजरले हिउँ पन्छाएपछी राजमार्ग खुलेको हो । राजमार्ग खुलेसंगै अहिले यस सडक भएर ओहोर दोहोर गर्ने सवारीका साधनहरु सञ्चालनमा आएका छन् । यता मकवानपुरको सिमभञ्याङ–दामनमा हिउँ खेल्न जानेहरु आज पनि उत्तिकै रहेका छन् ।

बुधबार देखि परेको हिउँ खेल्नका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित बिभीन्न गाउँपालिकाबाट समेत यस क्षेत्रमा पुगेका छन् । हिउँको कारण अवरुद्ध भएको त्रिभुवन राजपथ ३६ घण्टापछि सुचारु भएको हो ।

१४ पुस बिहान थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा हिपपात हुँदा अवरुद्ध भएको सडक १५ पुस साँझबाट सूचारु भएको इलाका प्रहरी कार्यलय पालुङले जनाएको छ । त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ–दामन सडक अवरुद्ध भएको थियो । सडक डिभिजन तथा नगरपालिकासंगको समन्वयमा हिउँ पन्छाएर सडक सुचारु गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*