नेपाल इन्जियर्स एसोशिएसन बागमती प्रदेश सभापतिमा हेटौंडाका सापकोटा उमेदवार

जनपत्र
१६ पुष २०७८, शुक्रबार ०८:०७

हेटौंडा । नेपाल ईन्जियर्स एशोसीएसनको ३३ औं केन्द्रीय कार्यकारिणि समिति अन्तरगत बागमती प्रदेश सभापतिमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका कम्प्युटर ईन्जिनियरिङ विषयका उप–प्राध्यापक बिनोद सापकोटाले उमेदवारी दिने हुनु भएको छ ।

आउँदो माघ ७ गते हुने बागमती प्रदेशको निर्वाचनमा सापकोटाले उमेदवारी दिन लाग्नु भएको हो । प्रगतीशिल इन्जिनियर्स एशोसीएसन अफ नेपाल (पीन) का तर्फबाट सापकोटाले सभापतिमा उमेदवारी दिनेगरी चुनाबी प्रचार प्रसारको कामलाई तिब्रता दिनु भएको छ । काठमाण्डौं थापाथली क्याम्पसका कम्प्युटर ईन्जिनियरिङ विषयका उप–प्राध्यापक सापकोटा संगै उहाँको टिमबाट १५ जनाले उमेदवारी दिनेगरी प्रचार प्रसार अभियानमा लाग्नु भएको हो ।

नेपाल इन्जियर्स एशोसीएसनको ३३ औं केन्द्रीय कार्यकारिणि समितिको अध्यक्षमा इन्जिनियर डाक्टर सुरज लामिछाने र महासचिबमा ईन्जिनियर डाक्टर भेषराज थापाले उमेदवारी दिने हुनु भएको छ ।

बागमती प्रदेशबाट केन्द्रीय कार्यकारिणि सदस्यमा ईन्जिनियर सुब्रत मणि दीक्षितले उमेदवारी दिने हुनु भएको छ । यसैगरी एशोसीएसन बागमती प्रदेश उप–सभापतिमा ईन्जिनियर कृष्ण प्रसाद घिमिरे, सचिबमा ईन्जिनियर हरेराम होमागाईं, सहसचिबमा ईन्जिनियर सचिन अधिकारी, कोषाध्यक्षमा ईन्जिनियर पुरन सुवेदी क्षेत्रीले उमेदवारी दिने हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा ईन्जिनियर गुन्जन गौतम, ईन्जिनियर प्रवेशराज देवकोटा, ईन्जिनियर चन्द्रमणि बराल, ईन्जिनियर तिलक बहादुर श्रेष्ठ, ईन्जिनियर प्रदिप तामाङ, ईन्जिनियर विकास भट्ट, ईन्जिनियर आरती लामिछाने र ईन्जिनियर तेज प्रसाद लामिछानेले उमेदवारी दिन लाग्नु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*