हेटौंडाका महिला कृषक समुहका कोषाध्यक्षहरुलाई लेखा व्यवस्थापन तालिम

जनपत्र
१५ पुष २०७८, बिहीबार १९:००

हेटौंडा । महिला कृषक समूहको कोषाध्यक्ष हरुलाई हेटौडा–१७ हटियामा एक दिने लेखा व्यवस्थापन तालिम सम्पन्न सम्पन्न भएको छ । मेजरियो जर्मनी तथा कारितास नेपालको आर्थिक सहयोगमा सृजनशील नेपाल द्धारा हेटौडा उपमहानगरपालिका को वडा नम्बर १६, १७ र १८ मा संचालित ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकाको सामाजिक तथा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत तालिम दिइएको हो । कार्यक्रम आयोजना गरीएको सृजनशील नेपालको अध्यक्ष शान्ता बरालले यस तालिम महत्वपूर्ण र प्रभाबकारी रहेको बताउनुभयो ।

यस परियोजना अन्तर्गत महिला तथा बालबालिकाको सामाजिक तथा आर्थिक सशक्तिकरण यवम विकासका गरीएको यस्तो कार्यक्रमले वास्तवमा नै महिलाहरु लाई अगाडि बढ्न, आत्मनिभर हुन हौसला सङ्गै सहयोग पुगेकोले अझ यसरी नै अगाडि बढी रहन हौसला प्रदान गर्नु भयो । सोही वडाका अध्यक्ष भैरव बहादुर राईको प्रमुख आतीथ्यतामा भएको तालिम लाई विष्णु प्रसाद तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

मन्तव्यका क्रममा बोल्दै प्रमुख अथिति वडा अध्यक्ष भैरव बहादुर राईले यस खालको कार्यक्रमले वास्तवमा नै महिला हरुलाई अगाडि बढ्न हौसला मिलेको तथा महिला समूहले आफ्नो सवालगत योजना बनाई सम्बन्धित निकाय समक्ष पेश गर्न सक्ने क्षमता को विकास भएको बताउनु भयो ।

उहाँले महिलाहरुलाई जागरुक बनाई सामाजिक तथा आर्थिक सशक्तिकरण गर्नका निम्ति सृजनशिल नेपाल द्धारा संचालित कार्यक्रम हरु धेरै प्रभावकारी भएकोले वडा बाट गर्न सक्ने सहयोग तथा समन्वय गरिनै रहेको बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । विशेष गरी महिला कृषक समूह का कोषाध्यक्ष हरु लाई समूहको लेखा व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा जानकारी दिने उदेश्यले आयोजित यस तालिममा हेटौडा ज्ञट,ज्ञठ र ज्ञड गरी तीन वटै वडामा परियोजना अन्तर्गत गठित २७ वटा महिला कृषक समूहको २७ जना कोषाध्यक्ष को सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*