हेटौँडा औद्योगिक क्षेत्रको आरएम केमिकल डेढ बर्ष अवैध रुपमा संचालन, आईईई प्रतिबेदन अझै बुझाएन ।

जनपत्र
१६ जेष्ठ २०७६, बिहीबार १६:५४

हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको आरएम केमिकल्स नेपाल प्रालि उद्योग बिभागको स्वीकृती बिना करिब २ बर्ष अवैध रुपमा संचालन भएको रहस्य खुलेको छ । पहिले अबैध रुपमा सञ्चालन भएपनि नियमन गर्ने निकाय बेखबर रहेको खुलेको छ । २०७२ साल असोज २० गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीको रुपमा दर्ता भएपनि उद्योग संचालनका लागि उद्योग विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएपनि दुई महिना अघि मात्रै इजाजत लिएको खुलेको हो ।

कुनैपनि उद्योग संचालन गर्नुभन्दा पहिले (आईईई) रिपोर्ट तयार गरेर मात्र उद्योग संचालनको अनुमती पाउने उद्योग बिभागको कानुनी ब्यावस्था छ । तर, यस उद्योगले यो रिपोर्ट बिनानै उद्योग संचालन गरेको छ । उद्योगले हेटौँडा औद्योगिक व्यवस्थापन कार्यालयमा उद्योगका लागि जग्गा बहालका लागि २०७४ असारमा निवेदन दिएको र असोज ६ गत जग्गा सम्झौता गरी संचालनमा आएको थियो । ‘कार्यालयले आवश्यक कागजात ३ महिनाभित्र बुझाउने शर्तमा जग्गा सम्झौता गरेपनि उद्योग विभागमा उद्योग दर्ताको प्रमाणपत्र र वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदन बुझाएको छैन ।’–कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने ।

३ महिनामा बुझाउने भनेको कागजात डेढ बर्ष नाघिसक्दा पनि नबुझाएपछि कार्यालयले गत चैत २७ गते कागजात बुझाउन पत्र काटेको कँडेलले बताए । ‘उद्योग विभागमा दर्ताको प्रमाणपत्र र आईईई रिपोर्ट नबुझाए सम्बन्धित निकायमा पत्रचार गर्ने छौं ।’–उनले भने । उद्योगले २०७६ बैशाख १२ गते मात्रै उद्योग दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । तर प्रमाणपत्रमै उल्लेख भए अनुसार उद्योग स्थापना, सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पूर्व नियमानुसार आईईई गर्नुपर्ने प्रावधान पुरा नगरी प्रमाणपत्र दिईनु नै आश्चयको विषय बनेको छ ।

उद्योगले २० महिना अघिदेखि कानूनी प्रक्रिया पुरा नगरी उत्पादन गरेपनि नियमन गर्नुपर्ने निकायले मौन बस्नुमा रहस्यमय छ ।
उद्योगका महाप्रवन्धक जनार्दन खरातले आफुहरुले कानूनी प्रक्रिया अनुसार नै काम गरेको दावि गरे । उनले वातावरणीय प्रभाव मूल्यांकन उद्योग विभाग र औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले नै गर्नुपर्ने दावि गरे । उनले आफुहरुले यसअघि नेशनल सोप इण्डष्ट्रिजले संचालन गरिरहेको उद्योग खरिद गरेको र २०१७ नोभेम्बरदेखि उत्पादन गरेको बताए । उद्योग साबुन, सर्फ, तेल उत्पादन गर्ने उद्योगमा १ सय २४ जना मजदुर कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*