सर्लाहीकाे बयलबासमा आज पनि निषेधाज्ञा
सर्लाही – सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा लागू भएको छ ।
प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।
गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।