गुरुङ समुदायले आज तमु ल्होसार मनाउदै, सरकारले दियो सार्बजनिक बिदा

जनपत्र
१५ पुष २०७८, बिहीबार ०६:११

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु अर्थात वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

आज सार्बजनिक बिदा

सरकारले तमु ल्होसारको अबसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

विशेष गरेर गुरुङ समुदायले मनाउँदै अनएको तमु ल्होसारको अबसरमा देशभरका विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिने निर्णय गरेको गृहमन्त्रालयका उपसचिव शोभाखर रेग्मिले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*