बागमती प्रदेशको नीति तथा योजना आयोगमा पन्त, नेपाल र लामिछाने नियुक्त

जनपत्र
१५ पुष २०७८, बिहीबार ०६:०६

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा। कृष्णप्रसाद पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो भने नेपाली कांग्रेस र माओवादी केन्द्र निकट दुई सदस्य पनि नियुक्त भएका छन् ।

प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा राजु नेपाल र प्रह्लाद लामिछानेलाई नियुक्त गरेको छ । नेपाल नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागमा कार्यरत थिए । लामिछाने माओवादी केन्द्रसँग निकट छन् । उनी संविधानसभा सदस्य समेत हुन् ।

अहिले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ भने नीति तथा योजना आयोगमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो दल निकट विज्ञ पन्तलाई नियुक्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*