उच्च अदालतको आदेशपछि रोकियो शाखा अधिकृतको भर्ना प्रक्रिया
उच्च अदालत पाटनको अन्तरिम आदेशपछि लोकसेवा आयोगले शाखा अधिकृतको भर्ना प्रक्रिया स्थगन गरेको छ। आयोगले गत २९ मंसिरमा प्रकाशित विज्ञापन नम्बर ४१८र०७८(०७९ को बढुवा सूचना र ४१९र०७८(०७९ को खुला तथा समावेशीतर्फको विज्ञापन स्थगित गरेको हो।
उच्च अदालत पाटनले विज्ञापन यथास्थितिमा राख्न आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश रामबहादुर थापाको एकल इजलासले आयोगसहितलाई विपक्षी बनाई दर्ता भएको रिटमा विज्ञापन पुस १८ सम्म यथास्थितिमा राख्न आदेश दिएको थियो। यससँगै आयोगले सूचना निकालेर प्रक्रियामा रहेका विज्ञापनहरूको दरखास्त १८ पुससम्म स्थगन गरिएको जानकारी दिएको छ।
नयाँपत्रिकाडेलीबाट