हङकङमा ‘स्ट्यान्ड न्युज’ का सम्पादकसहित सात जना पक्राउ

जनपत्र
१४ पुष २०७८, बुधबार १८:५४

काठमाण्डाै – हङकङ सरकारले ‘स्ट्यान्ड न्युज’ समाचार संस्थाका सम्पादकसहित सात जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्वतन्त्र समाचार संस्थाका सम्पादक र पूर्वसम्पादकसहित कर्मचारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

प्रकाशन गृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज होलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रकाशन गृहमा छापा मार्न दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । प्रहरीले विज्ञप्ति निकालेर प्रकाशन गृहका समाचारसम्बन्धी कागजात नियन्त्रण गर्न आफूहरूले अधिकार पाएको जानकारी गराएको छ ।

हङकङमा चीन सुरक्षासम्बन्धी नयाँ कानुन लागू भएपछि समाचार प्रकाशन/प्रसारणमा कडाइ गरिएको छ । नयाँ कानुनलाई आधार बनाएर प्रहरीले सञ्चार गृहमा धरपकड तथा सञ्चारकर्मी र सञ्चार उद्यमीहरूलाई पक्राउ गर्ने क्रम बढेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*