पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

जनपत्र
१३ पुष २०७८, मंगलवार १२:४१

unn.prixa.net

काठमाण्डाै – पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले सन् २०२२ च्याम्पियनसिप हुने जनाएको छ । तर, मिति भने सार्वजनिक भएको छैन ।

बङ्गलादेशमा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*