बढ्दै कोरोना संक्रमण, मुलुकभर कति छन् आइसीयू र भेन्टिलेटरमा ?
देशभर ९९ जना कोरोना संक्रमित उपचाररतमध्ये ५० प्रतिशतभन्दा बढी काठमाडौं उपत्यकामा उपचाररत रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
हाल नेपालमा ४ हजार ९ सय ६ जना संक्रिय संक्रमितमध्ये ९९ जना कोरोना संक्रमित विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन् । आइतबारसम्मको तथ्यांकअनुसार देशभर ७४ संक्रमित आईसीयूमा र २४ भेन्टिलेटरमा उपचाररत रहेको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १५ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् भने बाग्मती प्रदेशमा ४७ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा दुई जना आईसीयूमा उपचाररत छन् । त्यस्तै, लुम्बिनी प्रदेशमा ६ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । कर्णाली प्रदेशमा एक जना आईसीयूमा उपचाररत छन् भने सुदूरपश्चिममा दुई जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् । हालसम्म मृतकको कुल संख्या ११ हजार ५ सय ८५ पुगेको छ । राजधानी दैनिकमा खबर छ ।