मकवानपुरगढीको खानी क्षेत्रमा शिबमको सधै दोहन, चुनढुङ्गा उत्खनन् गर्दा जंगल मासियो

जनपत्र
११ पुष २०७८, आईतवार ०७:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिबम सिमेन्ट उद्योग लिमिटेडले कच्चापदार्थ चुन ढुङ्गा उत्खनन गर्नका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावि रुपमा उत्खनन् गर्दा स्थानीयले सधै समस्या बेहोर्नु परेको छ । खानीका कारण स्थानीयले आफ्नो घर, जग्गा राम्रोसंग उपयोग गर्न पाएका छैनन् भने बर्षायाममा खेत, बारी र घर बगाउने उत्तिकै चिन्ता रहेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

शिबमले मकवानपुरगढीको खोटार, चपकी, कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरि ओभर बडेन यत्र तत्र फालिदा यस क्षेत्रको जंगल समेत मासिएको छ । स्थानीयलाई त्यतीकै समस्या छ । यस क्षेत्रको हजारौ बोट बिरुवा नासिएको पुरिएको एवम् शिबमले खानी उत्खनन गर्दा पुराउनु पर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भुमी संरक्षण समिती मकवानपुरगढीका सचिब पुष्कर तिमल्सीनाले बताउनुभयो । शिबमले चरम दुरुपयोग गरेको खानी क्षेत्रको अनुगमनपछी स्थानीय वासिन्दाहरु झनै त्रसित भएका छन् ।

यही समस्याको विषयमा स्थानीयहरुको पहलमा बसेको सर्बपक्षिय बैठकले खानी उत्खनन्मा भएको दुरुपयोग नियन्त्रण गर्नका लागि सहमती गरेका छन् । शिबम सिमेन्टको प्रतिनिधि, मकवानपुरगढी गाउपालिका प्रमुख, प्रतिनिधिमुलक वडाध्यक्ष र बस्ती संरक्षण समुहको प्रतिनिधि बीच गाउँकार्यपालिकामा भएको छलफलबाट शिबम सिमेन्ट र गाउँपालिकाको अनुरोधमा पौष १९ गते र पुन खानी अबलोकन ३० गते सम्म जाने र एकिन विवरण लिने निर्णय भएको सचिब तिमल्सीनाले बताउनुभयो । लिखीत संझौतापछी आजबाट खानी बन्द गर्ने भन्ने कार्यक्रम स्थगित भएको छ ।

शिवम् सिमेन्ट उद्योगको ढुङ्गा खानी मकवानपुरगढी गाउँपालिका २,३,६,७,८, मा संचालनमा रहेको छ । अव्यवस्थित खानीका कारण स्थानियहरुले बर्षौंदेखि विभिन्न किसमका सास्ती खेप्दै आईरहेका छन् । विशेष गरी खानी आसपासका स्थानीय र सामरी खोला किनारका स्थानीयहरु बढी प्रभावित छन् ।

बस्ती तथा भुमी संरक्षण समूहको टोली केही दिन अघिमात्रै चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेको थियो । खानी अव्यवस्थित रुपमा संचालन भएको भन्दै समितिले प्रतिवेदन तयार गर्दै समूहले उद्योगसंग १२ बुदेमा माग राखेको थियो ।

खानीबाट निस्कने प्रयोगमा नआउने कच्चापदार्थ सुरक्षित स्थानमा बोटविरुवा जडिबुटीहरुलाई असर नपर्ने गरि गाउँपालिका सँग स्वीकृतिलिई व्यबस्थापन गर्ने, खानी उत्खन्न गर्दा बैज्ञानिक मापदण्ड अपनाउनु पर्ने, खानीका कच्चा पदार्थहरु जथाभावि डपिंग गरिएकोले उचित व्यबस्थापन गनुपर्ने र वडा नं. १ देखि ८ वटै वडाका तटिय क्षेत्र पुर्ण जोखिममा रहेकोले संरक्षणको जिम्मा सम्बन्धित शिवम सिमेन्टले लिनु पर्ने जस्ता माग राखेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*