ओलीले मागे एमसीसीका विषयमा सरकारको स्पष्ट धारणा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ुएमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो रु स्पष्ट हुनुपर्छ।ु
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरे। उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए।
यसअघि ओलीले सत्तामा हुँदा एमसीसी जसरी पनि पारित गर्नुपर्ने र एमसीसीको विरोध गर्नेहरु यसलाई नपढेका र नबुझेका व्यक्तिहरुको भएको बताएका थिए।