ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीद्वारा हजारौं उडान रद्द

जनपत्र
११ पुष २०७८, आईतवार ०६:०८

विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीहरूले हजारौं उडान रद्द गरेका छन्।क्रिसमस र नयाँ वर्षको बिदा मनाउनेहरुको संख्या बढिरहेको बेला उनीहरुले उडान रद्द गरेका हुन्।बीबीसीका अनुसार शुक्रबार मात्रै करिब २ हजार ४ सय उडान रद्द भएका छन् । शनिबार अर्थात् आज पनि २ हजार ३ सयभन्दा बढी उडान रद्द भएको समाचारमा उल्लेख छ ।

शनिबार रद्द गरिएका उडानहरूमध्ये ८०० भन्दा बढी अमेरिकी एयरपोर्टमा अवतरण वा उडान गर्ने तालिका थिए। इटअवेयर नामक वेबसाइटका अनुसार आइतबार पनि सयौं उडानहरू रद्द हुनेछ। उडान सञ्चालनका लागि आवश्यक स्वस्थ्य व्यक्तिको अभाव भएको र आफ्ना कर्मचारीलाई पनि संक्रमणको चपेटामा परेको वायुसेवा कम्पनीहरूले बताएका छन्।

युरोपमा ओमिक्रोन भेरियन्टको फैलावट रोक्नको लागि विदेशी उडानहरू कम गरिएको छ। यस्तो अवस्थामा हवाई उडान प्रभावित हुने निश्चित छ । तर,ओमिक्रोनको बारेमा बाहिर आएको प्रारम्भिक अनुसन्धानले यो डेल्टा भेरियन्टभन्दा कम जोखिमपूर्ण रहेको बताउँछ। यद्यपि, यसको द्रुत प्रसारले विज्ञहरूको चिन्ता बढाएको छ। अहिले अमेरिका र युरोपमा कोरोनाको नयाँ संक्रमण तीव्र गतिमा फैलिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*