पूर्व मुख्यमन्त्री पौडेलले सरकारी सवारीका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण
हेटौंडा । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले कानून बिना सरकारी सुविधाको सवारी प्रयोग गरेको भनि प्रकाशित प्रसारित समाचारप्रति उहाँको ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ ।
नैतिकता सदाचारप्रति सदैव सजग रही राजनीतिमा कृयाशील उहाँको व्यक्तित्वलाई धुमिल पार्ने नियोजित षडयन्त्र पूर्वक गरिएको भ्रामक समाचारमा कुनै सत्यता नरहेको भन्दै सचिवालयले सनिबार प्रेस बिज्ञप्ती जारी गरेको छ । उहाँ मुख्यमन्त्री पदबाट हटेपछि तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्रीले सवारी साधन उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख छ ।
पूर्व मुख्यमन्त्रीको सुरक्षाका कारण मन्त्रालयले नै सवारी र सुरक्षकर्मी फिर्ता नगरेको सचिवालयको दावी छ । सरकारी सवारी चालकको सुविधासमेत लिएको, मन्त्री तथा कर्मचारीहरुले पटकपटक फिर्ता माग्दा पनि नदिएको भनी समाचार लेखिँदा उहाँसंग प्रतिकृया समेत नलीएको भन्दै सचिबालयले खण्डन गरेको छ । मन्त्रालयबाट लिखित पत्राचार भए सवारी साधन फिर्ता गरिने बिज्ञप्तीमा उल्लेख छ ।