भारत सरकारले भन्यो— कोरोनाको चौथो लहर आउँछ

जनपत्र
१० पुष २०७८, शनिबार ०६:५२

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार विश्वभर कोरोनाको चौथो लहरको सामना गर्नु पर्ने अवस्था आएको जनाएको छ । चौथो लहर निकै तीव्र हुनसक्ने भन्दै भारतले भारतमा सतर्कता अपनाउनु पर्ने पनि जनाइएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका मात्र अब भारतमा ३ सय ५८ जनाभन्दा धेरै संक्रमित भेटिएका छन् । भारतका १७ राज्यमा ओमिक्रोन भेटिएको छ । यीमध्ये ११४ जनालाई ठिक भइसकेको छ ।

भारतका केन्द्रीय स्वास्थ्य सचिव राजेश भुषणले बिहीबार विश्वभर ९ लाखभन्दा बढी कोरोनाभाइरसका संक्रमित भेटिनु भनेको कोरोनाको नयाँ लहर आएको बताएका हुन् । उनले एशियामा पनि अब सतर्क रहनु पर्ने अवस्था आएको बताएका छन् ।विश्व स्वास्थ्य संगठनले डेल्टाको तुलनामा ओमिक्रोन भेरियन्टको फैलावट छिटो हुने भएकाले यसबारे पनि निकै बढी चासो दिनु पर्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*