आफ्नै कम्पनीले जेल कोचेपछि साउदी अरबमा बिचल्लीमा परे दामोदर

जनपत्र
१० पुष २०७८, शनिबार ०६:५१

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका–११ घर भएका दामोदर क्षेत्री बिगत ११ बर्षदेखि नेपाल फर्कन नपाउदा साउदीमै अड्किएका छन् । २०६८ साल असारमा ड्राइभर भिसामा साउदी पुगेका उनी नेपालबाट एजेन्टले ड्राइभर भिसामा भनेर पठाए पनि त्यहाँ पुग्दा लेबर भिसामा पठाइएको थाहा पाएका थिए ।

आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेका थिए ।

उनले कम्पनी छोडेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे । त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दियो र मालिकले काला ९१ वर्षपछि पालो–पालो गरेर घर पठाउँछु० भनेपछि त्यहीबेला नै उनले नेपाल फर्कनका लागि आउटपास लिएर बसेको थिए ।

तर, दुर्भाग्य नेपाल उड्नु ‘१०–१५ दिन बाँकी हुँदा उनले चलाएको गाडीको ड्राइभर साइडको अगाडिको टायर पड्कियो र उनले चलाएको गाडी दुर्घटनामा पर्‍यो । आफूले चलाएको गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा ९ठूलो गाडी० ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भएको दामोदर बताउँछन् ।

दुर्घटनापछि दामोदर पक्राउ परे । त्यस घटनामा मृत्यु हुने पक्षबाट कसैले पनि उजुर नगरेको साउदी अरबको जेनरल कोर्टले जनाएको र घटना नियोजित नभई एक दुर्घटना भएको पुष्टि भयो ।

नियमअनुसार दामोदरले तीन महिना जेल सजाय काटे र जेलबाट निस्कनेबित्तिकै दामोदरलाई पहिलेकै कम्पनीले गाडी चलाउन भन्यो । दामोदरले नेपाल जान चाहेको बताए पनि कम्पनीले अब केस सक्किएकाले आत्तिन नपर्ने र नेपाल जान पाउने भनेर दामोदरलाई आश्वासन दिइरहेको थियो ।

तर‚ गाडी दुर्घटना भएको कम्पनीले दामोदरलाई दुर्घटनामा बिग्रिएको गाडीको क्षतिपूर्ति रकम स्वरूप ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख नेपाली रुपैयाँ माग गर्यो । दामोदरले रकम तिर्न नसकेपछि उनलाई दुर्घटना भएको दुई वर्षपछि जेल हालियो । दुर्घटनामा ज्यान गुमाउनेको तर्फबाट उजुरी नपरे पनि उनलाई रोजगारी दिएको कम्पनीले नै जेल हाल्यो ।

सन् २०१७ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका उनी सन् २०२१ मार्च २४ मा छुटे । तर‚ त्यसपछि पनि नेपाल फर्किन भने पाएनन् । साउदीको कानुनअनुसार ७९ हजार साउदी रियाल ९२५ लाख नेपाली० नतिरेसम्म उनी कानुनी रूपमा नेपाल फर्किन पाउँदैनन् ।

४ वर्षपछि जेलबाट निस्किएका उनले क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटेको ९ महिना भइसक्यो । दूतावासले आश्वासन दिनेबाहेक केही नगरेको उनको भनाइ छ । दूतावासको वकिलले क्षतिपूर्ति तिरेर नेपाल जान सक्ने बताए पनि आफूसँग त्यो रकम नहुँदा उनी साउदीमै छन्

डिसीनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*