सेन्ट्रल जोन भलिबल : पुरुष टोलीले श्रीलंका र महिला टोलीले बंगलादेशको सामना गर्दै

जनपत्र
१० पुष २०७८, शनिबार ०६:३७

एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत आज नेपाली पुरुष तथा महिला टोलीमा आफ्नो तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली महिला टोलीले आज सवा ९ बजे आयोजक बंगलादेशको सामना गर्नेछ। पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ।

त्यस्तै पुरुष टोलीले आज श्रीलंकाको सामना गर्नेछ। पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानलाई हराएको थियो। नेपाल र श्रीलंका साँझ पौने ६ बजे आमनेसामने हुनेछन्।

नेपाली पुरुष भलिबल टोली

इम बहादुर मगर, हरि बहादुर थापा, दुर्गाबहादुर खड्का, हरि बहादुर अधिकारी, भैरव बहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरण समरी क्षेत्री, बिनोदबहादुर चन्द।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*