हेटौंडामा सप्ताहब्यापी रुपमा वातावरण दिवश मनाइदै

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार १४:५२

हेटौंडा । ४७ औ विश्व वातावरण दिवस मुल समारोह समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सप्ताहब्यापी रुपमा कार्यक्रम गरिने भएको छ । यही जेठ १६ गते देखि २२ गते सम्म बिभीन्न कार्यक्रम गरेर विश्व वातावरण दिवश मनाउन लागिएको हो ।

हेटौंडाका ३ सय वटा टोल बिकाश संस्था, बिभीन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरु, बिद्यालय, आमा समुह, गैरसरकारी संघसंस्थाहरु लगायतकाले बिभीन्न कार्यक्रम गरेर वातावरण दिवश मनाउन लागिएको मुल समारोह समितिका अध्यक्ष धुर्व प्रसाद अधिकारीले बताउनुभयो ।

सप्ताहब्यापी कार्यक्रम अन्तरगत फोहोर ब्यावस्थापन सम्बन्धी अन्तरक्रिया, रक्तदान, बिशेष सरसफाई, सार्बजनिक यातायातमा डस्बिन बितरण, जनचेतनामुलक साइकल ¥याली, वृक्षा रोपण, नगर बिद्यालय स्तरिय हाजिरी जवाफ, वातावरणिय सचेतना सम्बन्धी ¥याली, कपडाको झोला वितरण लगायतका कार्यक्रम गरिने अध्यक्ष अधिकारीले बतााउनुभयो । सफा बन्दे गएको हेटौंडालाई यो कार्यक्रमले थप प्रभाबकार िबनाउने आसा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*