बागमतीका मुख्यमन्त्री पाण्डेको प्रश्नः ‘१२९० दिन मुख्यमन्त्री हुनेले ५६ दिन मुख्यमन्त्री हुनेसँग के गरिस भनेर सोध्ने ?’

जनपत्र
९ पुष २०७८, शुक्रबार ०६:४७

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता र अभ्यासलाई नै सिध्याउन खोजेको आरोप लगाएका छन् । बिहीबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएसँगै सभामुख सानुकुमार श्रेष्ठसँग विशेष समय लिएर बोल्दै पाण्डेले नेकपा एमालेले संसदीय मूल्य, मान्यता, नियमावाली र अभ्यासविरुद्ध अगाडि बढेको आरोप लगाए । उनले आफू अस्वस्थ भएको अवस्थामा पनि सदनमा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिन उपस्थित हुँदा प्रमुख प्रतिपक्षी दल सदनमा अनुपस्थित भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

‘जसलाई संविधान र संसद चाहिँदैन । त्यस्ता व्यक्ति र दलले जनता र सार्वभौमसत्ता सम्पन्न संसदको रक्षा गर्छन् भनेर कसरी विश्वासका गर्ने रु,’ उनले पूर्वमुख्यमन्त्री डोरमणि पौडेलप्रति लक्षित गर्दै भने, ‘१२९० दिन मुख्यमन्त्री हुनेले ५६ दिन मुख्यमन्त्री हुनेसँग के गरिस काम भनेर सोध्ने रु केही महिना पर्खनुस् किन मन्त्रालय विभाजन गरियो कामबाटै जवाफ दिनेछौं ।’

‘१४ वटा मन्त्रालय बनायो । एउटै घरमा धेरै साइनबोर्ड राख्नपर्‍यो रे । हिजो थिएनन् । एउटै घरमा भौतिक, कृषि र मुख्यन्याधिववक्ताको कार्यालय रु’, उनले एमालेले गठन गरेको आयोगले नै ११ वटा मन्त्रालय बनाउन सिफारिस गरेको बताए । ‘अष्टलक्ष्मीले पनि १२ जनालाई मन्त्री बनाएको हो । मैले पनि १२ । कुन १२ ठूलो हो,ु उनले अबदेखि सदनमा मुख्यमन्त्रीले मुख्य विषयमा विपक्षी दलको नेताले मात्र उठाएको प्रश्नको मात्र जवाफ दिने बताए । उनले सदनमा सुरुङ मार्ग र विद्युतीय बसबारे पनि प्रष्ट्याएका थिए । ‘हामीले सुरुङ मार्ग निर्माणको काम स्थगित गरेका हौं । अहिलेकै ढाँचाबाट निर्माण गर्न सकिँदैनौं भनेका हौं । बजेट भौतिक पूर्वाधार मन्त्रालयमै छ । जम्मा ५७ अर्बको बजेट हामीसँग छ । करिब २२ अर्ब बजेट विकास निर्माणमा खर्च गर्न सक्छौं । जम्मा ७० करोड रुपैयाँ लिएर कसरी १८ अर्बको सुरुङ मार्ग निर्माण हुन्छ । अहिले लागत करिब २४ अर्ब पुग्ने देखिन्छ,ु उनले भने ।

‘विद्युतीय बस खरिद गरेर जनकपुरको रेललाई त्रिपाल ओढाएर राख्न खाजेको हो हामीले रु स्तरीय सडक र चार्जिङ स्टेशन नभएसम्म विद्युतीय बस सञ्चालन गर्न सकिँदैन, उनले आफूहरूले १३ वटा जिल्लामा एउटारएउटा प्रदेशको समन्वय कार्यालय खोल्न गरेको आग्रहलाई वेवास्ता गर्दै पूर्व सरकारले १६० वटा कार्यालय खोलेर सरकारी खर्च बढाउने काम गरेको आरोप समेत लगाए ।

सदनमा आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपको उत्तर दिन खोज्दा सभामखुले उक्त विषय कार्यसूचीबाट हटाएको भन्दै मुख्यमन्त्री पाण्डेले आक्रोश व्यक्त गरेका थिए । ‘विपक्षीलाई सदनमा आउन सभामुखले गरेको आग्रह अटेर गरेर हिँडेको छ । यस्तो अवस्थामा तपाईंले तटस्थ भूमिका निर्वाह गर्नुस्,ु उलने धादिङमा आफूले बोल्दै नबोलेको विषय अनेक एनिमेसन गरेर भ्रम फैलाउन खोजिएको बताए । विपक्षी दल नेकपा एमाले सदनमा उठाएको प्रश्नको जवाफ सत्तापक्षले नदिएकोभन्दै बिहीबार बिहान ११ बजे बसेको बैठकमा नेकपा एमालेले अवरोध सिर्जना गरेको थियो । विपक्षीको अवरोधसँगै सभामुख सानुकुमार श्रेष्ठ अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिवालयले दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको थियो । उक्त बैठक दुईघण्टा ढिला गरी सुरु भएको हो ।

सभामुख श्रेष्ठ र मुख्यमन्त्री पाण्डेबीच सदनमा जवाफ दिने विषयमा छलफल भएसँगै प्रदेशसभाको बैठक बोलाइएको थियो । तर यस बैठकमा एमाले सांसदहरू अनुपस्थित भएका हुन् । सदनमा विपक्षी दलको रुपमा विवेकशील साझामात्र उपस्थित थिए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*