मकवानपुरको राक्सिराङमा आज सार्वजनिक विदा

जनपत्र
९ पुष २०७८, शुक्रबार ०६:३४

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आजका लागि सार्वजनिक विदा दिइएको छ । त्र्रिmसमस पर्ब सनिबार परेपनि आजका लागि गाउँपालिकाले बिदा दिएको हो ।

यस वर्षको क्रिसमस पुस १० गते शनिबार परेको छ । गाउँपालिकाले भने पुस ९ गते शुक्रबार नै क्रिसमसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

बुधबार गाउँपालिकाले बिदासम्बन्धी निर्णयको जानकारी गराएको छ । चेपाङ जातिको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा क्रिष्चियन धर्म परिवर्तन गर्ने क्रम व्यापक छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिनुभयो । आज गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु लगायत बन्द रहने छन् ।

जारी सूचनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त पर्व उच्च स्वास्थ्य सुरक्षा मापदण्ड एवं भौतिक दुरी कायम गरि भिडभाड नगरी मनाउन आग्रह गरेको छ । साथै, मतदाता नामावली सङ्कलनको कार्य सार्वजनिक विदाका दिन समेत यथावत रुपमा संचलन हुने व्यहोरा समते जानकारी गराइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*