हेटौंडामा तनाब भुक्त जीवन एवम आन्तरिक खुसी प्रशिक्षण
हेटौंडा । ब्रमकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको आयोजनामा तनाब भुक्त जिवन एवम आन्तरिक खुसी प्रशिक्षण कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकामा मेयर हरि बहादुर महतले सबैले तनाब मुक्त जीवन जिउनका लागि आग्रह गर्नुभयो ।
जनप्रतिनिधिहरुले धेरै तनाबमा काम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रम झनै प्रभाबकारी हुने मेयर महतको भनाई छ । तनाबका कारण आफैलाई समस्या हुने भएकाले यसमा बेलैमा सोच्नका लागि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा ब्रमकुमारी राजयोग सेवा केन्द्र मकवानपुरका प्रमुख शुशीला दिदी, ब्रमकुमार विजयराज सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो ।