ग्रिस दुर्घटनाका मृतक चार नेपालीको पहिचान खुल्यो

जनपत्र
८ पुष २०७८, बिहीबार ०७:५२

संगठित मानव तस्करको भर परेर अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको गाडी दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा गत कात्तिक २५ मा भएको दुर्घटनामा ७ जनाको ज्यान गएकामा चार जना नेपाली परेको सोमबार मात्रै पुष्टि भएको हो ।

प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले पहिचानका लागि दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिर परिवारजनले सोमबार सनाखत गरेका थिए । ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*