१९ वर्षमुनिको एसिया कपमा नेपाल र बङ्गलादेशबीचको खेल भोलिका लागि सर्यो
१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल र बङ्गलादेशबीच आज हुने भनिएको खेल भोलिका लागि सरेको छ । एसियन क्रिकेट काउन्सिल ९एसीसी०ले नेपाल र बङ्गलादेशबीचको खेल एक दिनपछि सरेको जनाएको हो ।
यसअघि नेपाल र बङ्गलादेशबीचको खेल यूएईको सारजाहमा आज हुने तालिका थियो ।
समूह ‘बी’ मा नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र कुवेत रहेका छन् । समूह ‘ए’ मा आयोजक यूएई, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा भारत र यूएई तथा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।