गढीको मनकामनामा १५ तल्ले भ्यूटावर बन्दै, एक बर्षपछी सञ्चालन हुने

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार १४:३१

मकवानपुर/मकवानपुरगढी-४ मनकामना डाँडामा लिफ्ट सहितको १५ तल्ले भ्यूटाव बन्ने भएको छ । सानराईज ग्रुपले ‘स्काइ टच’ भ्यूटावर टावर निर्माण गर्न लागेको सानराईज ग्रुपका प्रमुख राजाराम बोगटी बताए ।
उक्त भ्यूटावर मनकामना मन्दिरसंगै १५ करोड रुपैयाँको लागतमा बन्न लागेको बोगटीले बताए । भ्यूटावर २०७७ साल बैशाखदेखि सञ्चालन हुने गरी निर्माण कार्य शुरु गरिएको उनको भनाई छ । जग्गा सम्याउने काम सकिएको र  उक्त भ्यूटावर ५० मिटर अग्लो लिफ्ट सहितको हुनेछ । एक पटकमा लिफ्टमा ६ जनाले भ्यूटावर चढ्न सक्नेछन् भने एकैसाथ ३० जनाले हेटौँडा बजार लगायतका ठाउँमा अवलोकन गर्न सक्ने छन् । नेपालमा नै पहिलो पटक लिफ्ट सहितको १५ तल्ले स्काई भ्यूटावर निर्माण कार्य सुरु भएको बोगटीले बताए । भ्यूटावर सँगसँगै सो क्षेत्रमा होटल र लजपनि निर्माण गर्ने बोगटीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*