प्रदेश सरकार : चार वर्षमा एक तिहाई सांसद बने मन्त्री
हेटौंडा । सातवटा प्रदेशसभा कुल सांसद संख्या ५५० छ । यी प्रदेशमा अहिलेसम्म मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी १६३ जना मन्त्री भइसकेकका छन् । कुल प्रदेशका सांसदको संख्याको अनुपातअनुसार हिसाब गर्ने हो भने सबै प्रदेशमा गरी औसतमा करिब ३० प्रतिशत सांसद मन्त्री बनिसकेका छन् ।
यो संख्या भनेको हरेक ३ सांसद बराबर करिब १ मन्त्री जस्तो देखिन्छ । प्रदेश १, वाग्मती र कर्णाली प्रदेश सरकारले पूर्णता नपाएको दलहरुले बताएका छन् । राजनीतिक दलहरुबीच विवाद र झगडाले नेतृत्व परिवर्तन हुँदा प्रदेशहरु राजनीतिक भागबन्डा मिलाउने थलो बन्न थालेका छन् । प्रदेश गठन भएर विधिवत् कार्यान्वयन भएको चार वर्षमा प्रदेशहरु नेताहरुका लागि मन्त्री उत्पादन गर्ने उर्वरभूमिजस्तो देखिन थालेका छन् ।
प्रत्येक प्रदेशमा ७(७ मन्त्रालय भए पनि मन्त्रालयको संख्या बढाउँदै जाँदा प्रत्येक प्रदेशमा पूर्वमन्त्रीहरुको ठूलो पंक्ति तयार भइसकेको छ । मन्त्रालय चलाउनका लागि कार्यालय समेत राम्रो बनाउन नसेका प्रदेशहरु मन्त्री थप्न भने मन्त्रालयको संख्या बढाएर आर्थिक भार बढाइरहेका छन् ।
यो चार वर्षमा सात वटा प्रदेशमध्ये ५ वटामा नेतृत्व परिवर्वतन भएको छ । प्रदेश १ र वाग्मतीमा ३(३ जना मुख्यमन्त्री फेरिइसकेका छन् । त्यसैगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हालसम्म २/२ जना मुख्यमन्त्री भइसकेका छन् । अहिलेसम्म मुख्यमन्त्री परिवर्तन नभएको प्रदेश २ र सुदूरपश्चिम प्रदेशमात्रै हो । सरकार परिवर्तन नभए पनि यी प्रदेशमा मन्त्रालयको संख्या भने ७ भन्दा बढेको छ ।
२०७४ मंसिरमा भएको निर्वाचनमा ७ प्रदेशमध्ये ६ वटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठनबन्धनले जित हासिल गरेको थियो । प्रदेश २ मा मधेसी दलहरुको गठबन्धनले बहुमत ल्याएको थियो । एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा मा देखिएको कहल, विभाजन र नेकपा एमालेमा भएको विभाजनपछि प्रदेश सरकारमा पनि ठूलो प्रभाव परेको देखिन्छ ।
बागमती प्रदेशः ३ मुख्यमन्त्री, ३० मन्त्री र राज्यमन्त्री
नेकपा र त्यसपछि एमाले विभाजनले गर्दा वाग्मती प्रदेशले चार वर्षको अवधिमा ३ मुख्यमन्त्री पायो । एमालेका डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य हुँदै मुख्यमन्त्रीको कुर्सीमा अहिले नेकपा ९एस०का राजेन्द्र पाण्डे आइपुगेका छन् । ढिलोमा आगामी मंसिरमा हुने प्रदेशसभाको चुनावअघि नै कांग्रेस ससदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने सम्झौता छ । तर ३ जना नेतृत्वमा सरकार हुँदा मन्त्री र राज्यमन्त्री ३० जनाको संख्यामा पुगिसकेको छ । यो १ सय १० सदस्यीय सांसदको ३० प्रतिशत हो ।
१० जना मन्त्री बनाएका पौडेलको मन्त्रिपरिषद्मा १ जना राज्यममन्त्री थिए । छोटो समय मुख्यमन्त्री रहेको शाक्यले १२ जनालाई मन्त्री बनाइन् । जसमा ८ जना मन्त्री र ४ जना राज्यमन्त्री रहेका थिए । शाक्यलाई विस्थापित गर्दै सत्तामा आएका पाण्डे मन्त्रिपरिषदमा हाल १० जना मन्त्री र १ राज्यमन्त्री रहेका छन् । कांग्रेसबाट थप ३ जना मन्त्री बनाउने उनको तयारी छ । माओवादीका सालिकराम जम्कट्टेल, एमालेका केशव पाण्डे र नेकपा ९एस०का कृष्ण शर्मा खनाल दोहोरिएर सरकारको जिम्मेवारी प्राप्त गरेका छन् । सरकारको नेतृत्व गर्ने नेकपा ९एस० प्रदेशसभामा भने चौथो ठूलो दल हो । कान्तिपुरबाट ।