प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ बनाउन जसपा र लोसपाको कसरत

जनपत्र
७ पुष २०७८, बुधबार ०६:२४

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि सत्तारुढ दल जनता समाजवादी पार्टी ९जसपा० र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले कसरत सुरु गरेका छन्। दुबै दलले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधामका लागि दलहरुसँग छलफल सुरु गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नाम र राजधानीका लागि विभिन्न दलसँग वार्ता गर्न संसदीय वार्ता टोली गठन गरेको छ। प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधामका लागि छलफल गर्न ७ सदस्यीय वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलले जनाएको छ।

वार्ता टोलीको सदस्यहरुमा प्रदेश सभा सदस्यहरु परमेश्वर साह, जयनूल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी रहेको छ। त्यस्तै सत्तारुढ दल जनता सामाजवादी पार्टीले नेकपा माओवादी केन्द्र र नेकपा एससँग छलफल गरेको छ।

प्रदेश गठनको चार वर्ष हुन लाग्दासमेत प्रदेश २ ले नाम पाउन सकेको छैन। प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव रहे पनि कांग्रेसको अनुपस्थितिका कारण पेश हुन सकेन। प्रदेशसभाको अर्को बैठक पुस ८ गते दिनको १ बजेका लागि बोलाइएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*