हेटौंडामा नेतृत्व विकास तालिमको समापन

हेटौंडा । हेटौंडा उपमहानगरपालिका टोल बिकास संस्था नगर समन्वय समितिले आयोजना गरेको टोल बिकास संस्थाका अध्यक्ष लक्षित नेतृत्व बिकास तालिमको आज समापन भएको छ । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नका लागि आग्रह गर्नुभयो ।
तालिममा प्रमाणपत्र मात्र लिने तर, कार्यान्वयन नगर्ने हो भने यसको अर्थ नरहेको बताउनुभयो । नगर समन्वय समितीले हेटौंडा उपमहानगरपालिका वडा नं १२, १३ र १७ मा गठन भएका ६० वटा टोल बिकास संस्थाहरुको अध्यक्षहरुका लागि नेतृत्व बिकास तालिम कार्यक्रमको आयोजना गरेको थियो ।
तालिममा टोल बिकास संस्थाको आबस्यकता, महत्व, नेतृत्व बिकास, उद्द्घोषण कला, भाषण कला, माइन्युट लेखन, बैठक संचालन, योजना छनौट प्रक्रियामा टोल बिकास संस्थाको भुमिका लगायतका बिषयमा २ दिन सम्म तालिम सन्चालन गरेको टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो । तालिममा नगर समन्वय समितीका सचिब देबकुमार श्रेष्ठ, सन्चारकर्मी रिपेश दाहाल, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी टोल बिकास संस्थाका अध्यक्षहरुले तालिमबाट नेतृत्व बिकास सम्बन्धि महत्त्वपूर्ण ज्ञान हासिल गरेको र यसले टोल बिकास संस्था संचालन गर्न सहयोग पुग्ने बताएका थिए ।शनिबार सम्पन्न समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम नगर समन्वय समितीका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।