टोटनह्यामले लिभरपुललाई बराबरीमा रोक्यो

जनपत्र
५ पुष २०७८, सोमबार ०७:५६

इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले लिभरपुललाई बराबरीमा रोकेको छ । गएराती सम्पन्न खेलमा टोटनह्याम र लिभरपुल २(२ गोलको बराबरीमा रोकिएका हुन् ।

टोटनह्यामका लागि ह्यारी केन र सन हेंग मिनले एक एक गोल गरेका हुन् । त्यस्तै लिभरपुलका लागि डिओगो जोटा र आन्ड्रे रोबेर्टसनले एक एक गोल गरेका थिए ।

यस खेलमा खेलको ७७औ मिनेटमा लिभरपुलका गोलकर्ता रोबेर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि लिभरपुलको १८ खेलमा ४१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामको भने १५ खेलमा २६ अंकसहित सातौ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*