साफ यू–१९ महिला फुटबल : नेपाल र भारतबीचको खेल आज

जनपत्र
४ पुष २०७८, आईतवार ०८:४४

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज ९आइतबार० भारतसँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

नेपाल आजको खेलमा भारतलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ। ३ खेलमा २ जित र एक बराबरी खेलेको नेपाल ७ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहेको छ।भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*