समृद्ध देश बनाउन अब रगत नभइ श्रम र पसिना बगाए पुग्छ–मुख्यमन्त्री पौडेल

हरि हुमागाईं
१५ जेष्ठ २०७६, बुधबार ०९:२२

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समुन्नत र समृद्ध देशको रुपमा स्थापित गर्न अबको पुस्ताले रगत बगाउनु नपर्ने बताउनुभएको छ । गणतन्त्र दिवश मूल समारोह समिति प्रदेश नम्बर ३ को आयोजनामा गणतन्त्र दिवश २०७६ का अबसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले अबको पुस्ताले समृद्ध नेपाल निर्माणका लागि श्रम र पसिना बगाए मात्र पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी जहाँ छौं, त्यहि इमान्दार प्रयत्न गरे पुग्छ । आलोचना, कुण्ठा, निन्दा र नकारात्मक सोचबाट होइन, सकारात्मक सोच, इमान्दारपूर्ण लगाव, धैर्यता र सिर्जनशिलताबाट मात्र देशलाई बनाउन सकिन्छ ।’

अब सबैले अ–आफ्नो ठाँउबाट ईमान्दार प्रयत्न गर्नका लागि उहाँले आव्हान गर्नुभयो । अहिलेको समयमा देशले अब रगत होईन, देशले श्रम र पसिना खोजेको बताउँदै उहाँले भन्नुभयो–‘सही योजना निर्माण र व्यवहारिक रुपमा योजना कार्यान्वयनको दृढता खोजेको छ । को सत्तापक्ष, को प्रतिपक्ष ? पार्टी, जातजाति, धर्म, सम्प्रदायभन्दा माथि उठेर समृद्धिको अभियानमा हामी सबैको एकिकृत प्रयत्न खोजेको छ ।’ गणतन्त्रसम्म आइपुग्दा यो देशको हरेक परिवर्तनका लागि आफ्नो जीवनको आहुति दिने सम्पुर्ण शहिदहरुप्रति हार्दिक शब्द श्रदाञ्जली समेत उहाँले ब्यक्त गर्नुभयो ।

हातमा सीप र पाखुरीमा बल भरिएका हजारौं युवाहरुलाई राष्ट्र निर्माणको महा अभियानमा जोड्न सकिए “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको राष्ट्रिय संकल्प पुरा गर्न सकिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । अब कसैले पनि अधिकारको लडाई लड्नुपर्ने अवस्था नरहेको बताउनुभयो । अहिलेको महत्वपुर्ण कार्यभार नै विकास र समृद्धि हो भन्नेमा कुनै दुईमत नभएको बताउनुभयो ।

शून्य अवस्थाबाट कार्यालय एवम् कर्मचारी ब्यवस्थापन संगै प्रदेश सरकारप्रति विस्तारै जनताको विश्वास र अपनत्व बढेको महसुस गरेको उहाँले बताउनुभयो । आफुसंग योजना र प्रतिबद्धता दुबै भएको बताउनुभयो । आज गणतन्त्र दिवसको अवसरमा यहाँ उपस्थित भइ रहँदा आफ्ना सामु अनेकन अवसर र चुनौतिहरु दुबै भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । नेपाल बन्छ, बनाउन सकिन्छ र गरे सम्भव छ भन्ने आत्मविश्वासका साथ काम गरिएको उहाँले बताउनुभयो ।

गणतन्त्रलाई संस्थागत गरौ– सभामुख श्रेष्ठ

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले अहिलेको गणतन्त्रलाई संस्थागत गरिनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले गणतन्त्रको जिमेवारी आफुहरुको काँधमा आएकाले त्यही अनुसार काम गरिनुपर्ने बताउनुभयो । गणतन्त्र दिवशका अवसरमा उहाँले सबैलाई शुभकामना समेत ब्यक्त गर्नुभयो ।

गणतन्त्र दिवशको कार्यक्रममा प्रदेश प्रमुख सहभागि

गणतन्त्र दिवश मूल समारोह समिति प्रदेश नम्बर ३ को आयोजनामा गणतन्त्र दिवश २०७६ का अबसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाको सहभागिता रहेको थियो । कार्यक्रममा उहाँलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । कार्यक्रमलाई उहाँले संबोधन भने गर्नुभएन ।

हेटौंडाको सिमाचोकबाट ¥याली सहित आएको कार्यक्रम बजार परिक्रमा गरेर मुख्यमन्त्री कार्यालयको प्राङ्गनमा आएर सभामा परिणत भएको थियो । सभामा प्रदेश प्रमुख कोइरालाले गणतन्त्र ल्याउन ज्यानको आहुती दिनुहुनेलाई फुलका गुच्छा चढाउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भूमि ब्यावस्था, कृर्षि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, उपसभामुख राधिका तामाङ, प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रमुख सचेतक रामेस्वर फूयाल, प्रदेश ३ का सांसदहरु, प्रमुख सचिब आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*