राक्सिराङमा ३३ बिगाहा गाँजा र १९ बिगाहा अफिम खेती फडानी
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका बिभीन्न वडाहरुमा गाँजा र अफिम खेती फडानी गरिएको छ । यस क्षेत्रमा ३३ बिगाहा गाँजा र १९ बिगाहा अफिम खेती फडानी गरिएको हो । लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा गएको ६० जना प्रहरीको टोलिले अफिम र गाँजा फडानी गरेको हो ।
प्रहरी रिनिक्षक सुमन बानियाको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ५ अन्तर्गत धुर्सिङ, निबुटार र लाइसीराङ स्थितको वडा एरियाहरुमा अबैध रुपमा लगाईएको ८ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरीएको हो ।
राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४ र ५ अन्तर्गतका वडा एरियाहरुमा ३३ बिगाहा लागुऔषध गाँजा र १९ बिगाहामा अबैध रुपमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।