हेटौंडा–१५ रातोमाटेमा सामुदायिक सभाहलको उद्घाटन्

जनपत्र
२ पुष २०७८, शुक्रबार १७:२४

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा सामुदायिक सभाहलको उद्घाटन् गरिएको छ । सभाहलको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन् गर्नुभयो । कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यो सभाहल सबै क्षेत्रका बिभीन्न कार्यक्रम गर्नका लागि उपयोगि रहेको बताउनुभयो ।

यस सभाहल निर्माण गर्नका लागि उपमहानगरपालिकाले २५ लाख रुपैयाँ सहयोग गरिएको मेयर महतले बताउनुभयो । सभाहल नहुँदा पहिले यस क्षेत्रका बिभीन्न कार्यक्रमहरु टेन्ट हालेर, अरुका भवनमा र बिद्यालयमा समेत गर्नुपर्ने बाध्यता रहेपनि अब भने थप सहज भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।

सुबिधा सम्पन्न सभाहल हुँदा यहाँका सरकारी, गैरसरकारी र निजी क्षेत्रका बिभीन्न काम गर्नका लागि सहज हुने मेयर महतको भनाई छ । कार्यक्रममा नेकपा एमाले मकवानपुरका नेता सुनिल मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*