ग्लोबल आईएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालन

जनपत्र
२ पुष २०७८, शुक्रबार १३:३६

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले एनआरएनलक्षित ६ वटा नयाँ खाता सञ्चालनमा ल्याएकाे छ ।

बैंकले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रवर्द्धित विदेशमा रहेका संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको हाे ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल (एनआरएनएफसीवाई) बचत तथा मुद्दती निक्षेप खाताहरु रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज यूआन र जापानिज येनमा खोल्न सकिने एनआरएनए फसीवाई बचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गरिने बैंकले जनाएकाे छ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा त्यस बराबरको विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने भएकाे छ । यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा गाडी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएकाे छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने यस खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने भएकाे छ । साँवा तथा आर्जन गरेको ब्याजदर कम त्यही  मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा नि:शुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*