टाटा मोटर्सले ल्यायो विन्टर सर्भिस क्याम्प याेजना

जनपत्र
२ पुष २०७८, शुक्रबार १२:२८

काठमाण्डाै – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विन्टर सर्भिस क्याम्पको योजना ल्याएको छ ।

हिजोदेखि सञ्चालनमा आएको विन्टर क्याम्प सर्भिस अन्तर्गत स्पेयर पार्टस्, सर्भिसिङ तथा लुब्रिकेन्ट्स लगायतमा आकर्षक छुट पाइने भएकाे छ ।

कम्पनीले टाटाका गाडीका स्पेयर पार्ट्समा १० प्रतिशत छुटका साथै ६ महिनाको वारेन्टी दिने भएको छ । यस्तै लुब्रिकेन्ट्स अन्तर्गत टाटाको जेन्युअन आयल अर्थात इन्जिन, गियर र क्राउन आयलमा १५ प्रतिशत छुट पाइने भएको छ।
हाउजिङ आयल, ब्रेक आयल, क्लच आयल, स्टेरिङ आयल, कुलेन्ट, डीईएफमा २० प्रतिशत छुट दिने सिप्रदीले जनाएकाे छ।

इन्जिनकाे हेल्थ चेकअप तथा एफआईपी, इलेक्ट्रिकल, सफ्टवेयर र ब्याट्रीको जाँच भने नि:शुल्क गरिने भएकाे छ । साथै जाडो महिनामा गाडीको सुरक्षा कसरी गर्ने भन्नेबारे डिजिटल प्लाटफर्ममार्फत जानकारी गराइने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

यो योजना आउँदो पुष १६ गतेसम्म सञ्चालन हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*