यी हुन् कांग्रेसमा अहिलेसम्म निर्वाचित पदाधिकारी, कसले कति पाए मत? (कुन प्यानल अगाडि)

जनपत्र
२ पुष २०७८, शुक्रबार ०७:३२

राजधानीमा जारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट हालसम्म ८ जना पदाधिकारी निर्वाचित भइसकेका छन्। शुक्रबार बिहनासम्म सभापति, २ उपसभापति , २ महामन्त्री र ८ मध्ये ३ सहमहामन्त्री विजयी भइसकेका हुन्। अब ५ सहमहामन्त्रीको नतिजा आउन बाँकी छ।

हालसम्मको नतिजाअनुसार सभापतिमा शेरबहादुर देउवाले दोस्रो चरणमा शेखर कोइरालालाई हराउँदै बाजी मारे। उपउपसभापतिमा देउवा प्यानलकै पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरूङ विजयी भएका छन्।

यस्तै महामन्त्रीमा कोइराला पक्षका गगन थापा र प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा विजयी भए। यस्तै महिला सहमहामन्त्रीमा देउवा पक्षकी महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भए। दलितसहमहामन्त्रीमा शेखर समूहका जीवन परियार विजयी भए।

अब पाँच सहमहामन्त्री र १२१ केन्द्रीय सदस्यको नतिजा आउन बाँकी छ। सहमहामन्त्रीकोे टुंगोपछि कांग्रेसमा केन्द्रीय सदस्यको मत गणना सुरु हुनेछ।

हेर्नुहोस् को को विजयी भए (सूचीसहित) सेतोपाटीबाट

हेर्नुहोस् को को विजयी भए (सूचीसहित)

पदाधिकारी पद प्राप्त मत खसेको मत
शेरबहादुर देउवा सभापति २७३३ विजयी ४६२३
शेखर कोइराला सभापति १८५५
पूर्णबहादुर खड्का उप-सभापति २१२१ विजयी ४६७९
धनराज गुरूङ उप-सभापति १९०८ विजयी
विजयकुमार गच्छदार उप-सभापति १९०६
चन्द्र भण्डारी उप-सभापति १५८०
सुजाता कोइराला उप-सभापति ६४४
महेश आचार्य उप-सभापति ५८९
दिव्येश्वरी शाह उप-सभापति १३२
गगनकुमार थापा महामन्त्री ३०२३ विजयी ४६८२
विश्वप्रकाश शर्मा महामन्त्री १९८४ विजयी
प्रकाशशरण महत महामन्त्री १५५६
मिनेन्द्र रिजाल महामन्त्री ८०९
प्रदीप पौडेल महामन्त्री १३९३
राजाराम कार्की महामन्त्री १०३
महालक्ष्मी उपाध्याय ‘डिना’ सहमहामन्त्री (महिला) २५३३ ४६८५
कमला पन्त सहमहामन्त्री (महिला) २१०५
भीष्मराज आङ्देम्बे सहमहामन्त्री (आदिवासी जनजाती) २७११ ४६८८
विकास लामा सहमहामन्त्री (आदिवासी जनजाती) १९१२
जीवन परियार सहमहमन्त्री (दलित) २२१२ ४६९४
मानबहादुर विश्वकर्मा सहमहमन्त्री (दलित) २१७५
गंगा सुनार सहमहमन्त्री (दलित) २३२

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*