नयाँ वर्षमा लुम्बिनीमा आठौँ सडक खाना महोत्सव हुने

जनपत्र
२ पुष २०७८, शुक्रबार ०७:३१

अंग्रेजी नयाँ वर्षको अवसरमा लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव हुने भएको छ । ुलुम्बिनी सुरक्षित छ, कोभिडले डराउनुपर्ने अवस्था छैनु भन्ने सन्देश दिँदै लुम्बिनी होटल संघले १६ र १७ पुसमा नयाँ वर्ष २०२२ अवसर पारेर सडक खाना महोत्सव गर्न लागेको हो ।

कोभिडले थलिएको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, लुम्बिनीमा पर्यटकको बसाइँ हुने गरी आन्तरिक र भारतीय पर्यटकलाई मध्येनजर गर्दै विशेष स्किमका साथ महोत्सव गर्न लागिएको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

‘७ वटा विभिन्न विशेषता सहित यस वर्षको महोत्सव फरक शैलीमा मनाउने गरी दुई दिन आयोजना गर्न गइरहेका छौँ, यसलाई विस्तारै साताव्यापी मनाउने गरी संघले लक्ष्य राखेका छौं,’ अध्यक्ष ज्ञवालीले बताए । हाल कोभिडलाई मध्येनजर गरेर कोभिडको सर्तकता अपनाउँदै टि आकारमा महिलवार बजार र लुम्बिनीको ४, ५ नम्बर गेटसम्म सय बढी स्टल राखिने आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।

कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खानाको ब्रान्डिङ गर्ने, थारू, मगर र स्थानीय संस्कृतिको कला प्रदर्शन, स्थानीय र राष्ट्रिय कलाकारद्वारा सास्कृतिक प्रस्तुति हुनेछ । सन् २०१२ देखि हुँदै आएको महोत्सवमा यस वर्ष करिब ३३ लाख खर्च हुने र ७५ हजार बढी खाना पारखीले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सवका लागि भनेर स्थानीय यातायात व्यसायीहरूको सहकार्यमा छोटो दूरीको लागि बुटवल, भैरहवा, सैनामैना, फायरलाइन, कपिलवस्तु छपिया लगायतका स्थानबाट निस्शुल्क यातायातको व्यवस्था समेत गरिएको संघका महासचिव पुरुषोतम अर्यालले बताए । लुम्बिनी क्षेत्रमा अवस्थित सम्पूर्ण होटलले खानामा विशेष छुटसहित होटलका रुममा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । लुम्बिनीमा हाल ५ हजार बेड क्षमताका करिब ९० वटा होटल छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*