बराबरीमा रोकियो चेल्सी, लिभरपुलको सहज जित

जनपत्र
२ पुष २०७८, शुक्रबार ०७:२९

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र एभर्टन बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७० औं मिनेटमा चेल्सी अग्रता बनाएको थियो। रीस जेम्सको पासमा उत्कृष्ट गोल गर्दै म्यासन माउन्टले घरेलु टोलीलाई अग्रता दिलाए। तर, त्यसको ४ मिनेट नबित्दै एभर्टन खेलमा फर्कियो। एभर्टनका लागि यो सिजन पहिलो खेल खेलेका १९ वर्षे डिफेन्डर जर्राड ब्रेथवेटले गोल गर्दा एन्थोनी गोर्डोन्सको फ्रिकिकमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टीमले गोल गर्न नसक्दा खेल १(१ को बराबरीमा रोकियो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिभरपुलले न्युक्यासललाई हरायो। एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले न्यु क्यासलमाथि ३(१ गोलअन्तरले जित निकालेको हो।

खेलको सातौं मिनेटमा लिभरपुलका पूर्व खेलाडीसमेत रहेका न्यु क्यासलका जोन्जो शेल्भेले गोल गर्दै अग्रता दिलाएका थिए। उता कोभिड संक्रमण पुष्टी भएपछी भर्जिल भान डाइक, फ्याबिन्हो लगायतका मुख्य खेलाडी बिना उत्रिएको लिभरपुललाई २१ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै बराबरीमा ल्याएका थिए। त्यस्तै २५ औं मिनेटमा मोहम्मद सलाहले गोल थप्दा पहिलो हाफमा लिभरपुल २(१ गोल अन्तरले अघि रह्यो।

दोस्रो हाफमा रोबर्टो फर्मिन्होको पासमा अलेक्जेन्डर आर्नोल्डले गोल थपे। उनले ८७ औं मिनेटमा पच्चीस यार्ड परबाट गोल गरेका थिए। जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ। त्यस्तै गएरातिको खेलमा एभर्टनसँग अंक बाँडेको चेल्सी ३७ अंक जोड्दै तेस्रो स्थानमा छ। एभर्टन १९ अंक जोडेर १४ औं स्थानमा छ। शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अंक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*