यसरी घटाउनुस् पेट

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार ०७:२१

पेटमा बासो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर गरिरहेको हुन्छ। तसर्थ, पेटमा जमेको बासो हटाउन अनिबार्य छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा अजय महर्जनले लेखेका छन्। शरीरलाई चाहिने शावश्यक क्लालोरी जसलाई मेटाबोलिक रेट भनिन्छ। त्यो आवश्यक मात्रा मात्र लिनुपर्छ। मानिसको जीवनशैलीका आधारमा शरीरलाई चाहिने आवश्यक क्लालोरी पत्ता लगाउन सकिन्छ। जस्तै शारीरिक रुपमा बढी नै सक्रिय रहने मानिसले बढी क्यालोरियुक्त खाना र कम सक्रियले कम क्यालोरीयुक्त खाना खानुपर्छ। जसले गर्दा शरीर सन्तुलनमा ल्याउन सकिन्छ। खानामा फाइबरको मात्रा अनिवार्य समावेश गर्नुपर्छ। जसले आन्द्रलाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ।
मासु वा बोसोजस्ता पदार्थको सेवन एकदमै कम गर्नुपर्छ। बरु यसको साटो शाकाहारी भोजनमा जोड दिनुपर्छ। बिहान कागतीपानीको सेवन गरेर तौल नियन्त्रण गर्न सकिन्छ। प्रशस्त मात्रामा पानी पिउनुहोस्। नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुन्छ। साथै शरीरमा रहेका विषाक्त वस्तुलाई समेत पानीले बाहिर निकाल्छ। नियमित व्यायाम, क्रसफिट, जुम्बा डान्स र योगा गर्दा पनि पेट घट्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*