नेपाली वैज्ञानिक अधिकारीलाई अमेरिकन जिओफिजिकल युनियनको अर्ली करिअर अवार्ड
नेपाली युवा वैज्ञानिक सुरेन्द्र अधिकारीलाई अमेरिकन जिओफिजिकल युनियन९एजीयू०ले यस वर्षको अर्ली करिअर अवार्ड प्रदान गरेको छ । लमजुङ राइनासका अधिकारी नासाको क्यालिफोर्नियास्थित जेट प्रोपल्सन ल्याब्रोटरीमा कार्यरत छन् ।
उनले हिमनदी र जोओडेसिस्ट ९पृथ्वीको गुरुत्वाकर्षण, आकार र गति०को बारेमा अध्ययन गर्दै आएका छन् । नासाले पृथ्वी स्थल र समुद्री सतहबीच हुने अन्तर्क्रिया र हिमनदीको विषयमा अधिकारीले गर्दै आएको अनुसन्धान प्रभावकारी रहेको बताएको छ ।
एजीयूले हरेक वर्ष विभिन्न शीर्षकमा अवार्डका लागि मनोनयन माग गर्ने गर्छ । ‘आफ्नो क्षेत्रमा काम गर्न संघसंस्था व्यक्तिहरुले पुरस्कारको लागि सिफारिस गर्ने गर्छन् । त्यस विषयमा छनोट कमिटीले निर्णय गर्छ,’ अधिकारीले कान्तिपुरसँग भने, ‘यो संसारको ठूलो वैज्ञानिक संस्थामध्येमा पर्छ । अवार्डले यस क्षेत्रमा ठूलो महत्व छ ।’ विद्यावारिधी गरेको १० वर्ष नपुगेको र ४० वर्ष नकाटेको युवा वैज्ञानिकहरुलाई एजीयूले यो अवार्ड प्रदान गर्ने गर्छ ।
१ सय २ वर्षअघि स्थापना भएको यो संस्थामा जिओफिजिक्सका साथै पृथ्वी र अन्तरीक्ष विज्ञानको धेरै क्षेत्रका वैज्ञानिकहरुलाई समेट्छ । यसमा संसारभरका ६२ हजार वैज्ञानिक सदस्य रहेका छन् । ुजारी सम्मेलनमै संसारभरका २५ हजार भन्दा बढी वैज्ञानिक सहभागी छन्,ु अधिकारीले भने ।
३८ वर्षका अधिकारीको २०७३ सालमा खोजपछि विश्वभर चर्चा भएको थियो । एरिक आइविंससँग मिलेर अधिकारीले पृथ्वीको उत्तरी ध्रुवले ठाउँ परिवर्तन गरिरहने कारण पत्ता लगाएका थिए । सन् १८९९ देखि नै वैज्ञानिकहरुले ध्रुव र त्यसका चाललाई स्पष्टसँग मापन गर्दै आएका थिए । यो एक दशकमा ध्रुव कहिले पूर्व र कहिले पश्चिममा ढल्कँदै आएको छ। एक प्रकारले भन्दा घडीको पेण्डुलम जस्तै यताउति भइरहेको छ। तर एक दशकको समयमा उत्तरी ध्रुव पूर्व र पश्चिमतर्फ सर्ने गरेको भएपनि त्यो किन र कसरी हुन्छ भन्ने विषय रहस्यमै थियो ।
अधिकारीको नेतृत्वको टोलीको अनुसन्धानले सुल्झाएको थियो। जलवायु परिवर्तनको कारण तीव्र रुपमा पग्लिदै गएको उत्तर र दक्षिण ध्रुवमा रहेको हिउँ, सुक्दै गएका क्यास्पियन सी र दक्षिण एसियामा गहिरिदो खडेरी समस्या उत्तरी ध्रुव पूर्वतर्फ सर्नुको मुख्य कारण हो । भूमध्ये रेखाबाट ३० देखि ६० डिग्री अक्षांश क्षेत्रमा तौलमा आउने परिवर्तनले ध्रुवका दिशा र गतिमा हुने परिवर्तनले सबैभन्दा बढी प्रभावित गरेको उनको अनुसन्धानको निष्कर्ष थियो ।
यस भूभागमा ठूलो बाँध बनाएर पानी जम्मा गर्ने हो भने केही न केही परिणाममा त्यसले पृथ्वीका गतिलाई फरक पार्छ भन्ने अध्ययनको निष्कर्ष थियो । लमजुङ, काठमाडौँ, धरान, बेल्जियम, क्यानडा हुँदै अमेरिका पुगेका अधिकारीले मंगलग्रह र बृहस्पतिको उपग्रह युरोपाको अनुसन्धानमा पनि संलग्न रहे । त्यसैगरी पृथ्वीको परिक्रमा बारेमा समेत अध्ययन गरेका छन् । अधिकारीको मुख्य अनुसन्धानको विषय चाहिँ भार एक स्थानबाट अर्कोमा सर्दा त्यसले ल्याउने परिवर्तन कस्तो हुन्छ भन्ने हो । इकान्तिपुरबाट