हेटौंडाका परिकल्पनाकार टोनी हेगनकी छोरीलाई स्वागत, टोनी हेगनको हेटौंडासँगको सम्बन्ध के हो त ?

जनपत्र
२९ मंसिर २०७८, बुधबार २०:३६

हेटौंडा । हेटौंडा शहरको परिकल्पनाकार डाक्टर टोनी हेगनकी छोरी केरिना हेगनलाई आज हेटौंडा उपमहानगरपालिका कार्यालयमा स्वागत गरिएको छ । स्वीजरल्याण्ड निवासी हेगनलाई स्वागत गरिएको हो । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले हेगनलाई स्वागत गर्नुभयो । टोनी हेगन स्मृति विकास मञ्च हेटौंडा–१०, मकवानपुरले टिसीएन रोडमा टोनी हेगनपार्क निर्माण गर्दै छ । यस पार्ककको पनि उहाँले अवलोकन गर्नुभयो । अवलोकलनका क्रममा टोनी हेगन फाउण्डेसन नेपालका अध्यक्ष पिके झा लगायतकाको टोलिले निरिक्षण गरिएको टोनी हेगन स्मृति मन्चका संयोजक इन्द्र नेपालले बताउनुभयो । टोनी हेगन सुप्रसिद्ध भूगर्भविद् हुन् ।

उनी स्वीट्जरल्याण्डका नागरीक हुन्, उनले नेपालको मानार्थ नागरिकता पाएका थिए । उनको जन्म सन् १९१७ मा र निधन २००३ मा भएको थियो । नेपाल स्वीस परियोजनासँग सम्बन्धित रहेका उनले नेपालको सुक्ष्म अध्ययन गरेका थिए । सन् १९५० मा उनी विकास विज्ञको रुपमा नेपाल आएका थिए । नेपालको बसाइमा शुरुको ९ वर्षमा उनले करीव १४हजार कि.मी. पैदल यात्रा तय गरे । नेपालको सेवामा लामो समय विताएका उनले करीव नेपालसँगको ५० वर्ष लामो आफ्नो अनुभवलाई आफ्नो पुस्तकमा समेटेका छन् । नेपाल भ्रमण गर्ने उनी पहिलो विदेशी नागरिक हुन् । उनका २ छोरी र १ छोरा छन् । त्यसै गरी उनी विरेन्द्र प्रज्ञा अलङ्कारबाट विभुषित भए । नेपालको संस्कृति, संपदा र सभ्यता सम्बन्धी अनेकौं दुर्लभ तस्विरहरु समेत उनीसँग सुरक्षित थियो र त्यसलाई नेपाल अध्ययनकर्ताले उपयोग गरेका छन् ।

नेपालको अध्ययन गर्ने क्रममा उनी वि.सं. २०१४ तिर हेटौंडा आइपुग्छन् र उनले आधुनिक हेटौंडाको रुपमा व्यवस्थित शहर बसाउने परिकल्पना गर्दछन् । त्यही परिकल्पनालाई हेटौंडा नगर पञ्चायतका पहिलो प्रधानपञ्च बासुदेव रिजालले कार्यान्वयनमा ल्याउने जमर्को गरेको पाइन्छ ।

हेटौंडाको वस्ती विस्तार र शहरीकरणको अवधारणाका सुत्रधार टोनी हेगनलाई हेटौंडावासीले सम्झना गर्नु उनी प्रतिको हार्दिक श्रद्धा हो भन्ने मान्यता स्वरुप उनको नाममा स्मृति पार्क परिकल्पना गरी अर्थ कदको सालिक समेत राख्ने जमर्को गरिएको छ । यसको लागि २०७७ साल जेष्ठ १३ गते हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख श्री हरिबहादुर महत संरक्षक रहने गरी ५ सदस्यीय सल्लाहकार समिति र नगरसभा सदस्य श्री इन्द्रप्रसाद नेपालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिका र प्रदेश सरकारको समेत डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चमा साझेदार बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*