हेटौंडाको मानब सेवा आश्रमलाई दश वटा ह्वीलचियर हस्तान्तरण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको मानब सेवा आश्रमलाई आज ह्वीलचियर बितरण गरिएको छ । उपमहानगरपालिकाकाले दश वटा ह्वीलचियर खरिद गरेर मानब सेवा आश्रमलाई मेयर हरि बहादुर महतले हस्तान्तरण गर्नु भयो ।
मानब सेवा आश्रममा आश्रीतरु मानसिक संतुलन गुमाएसंगै अपाङ्गता समेत भएकाले उनीहरुलाई हिडडुल गर्न सहज होस भन्ने उदेस्यले ह्वीलचियर बितरण गरिएको मेयर महतले बताउनुभयो । आजै दश वटा ह्वीलचियर बितरण गरिएको हो ।
अघिल्लो आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले मानब सेवा आश्रमलाई ह्वीलचियर बितरण गरेको थियो । एक लाख २० हजार रुपैयाँ बराबरको ह्वीलचियर आज हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, उपमहानगरपालिका महिला तथा बालबालिका महासाखाका प्रमुख जगनाथ सापकोटाको आतिथ्यतामा बितरण गरिएको हो ।