आज मेघ गर्जन सहित वर्षा

जनपत्र
१५ जेष्ठ २०७६, बुधबार ०७:०९

बुधबार देशका केही ठाँउमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको हो ।त्यस्तै आज देशका पूर्वी र मध्य भु-भाग लगायत पश्चिमि पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पूर्वी भु-भाग लगायत अन्य पहाडी भू-भागमा राति आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*