बागमतीमा ५ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ, पत्रकारलाई प्रवेशमा रोक

जनपत्र
२८ मंसिर २०७८, मंगलवार १८:५३

हेटौंडा । बागमती प्रदेशमा नियुक्त भएका पाँच जना मन्त्री र एक जना राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादब चन्द्र शर्माले मकवानपुरका पत्रकारहरुलाई गेट बाहिरनै राखेर मन्त्रीहरुको सपथग्रहण गराउनुभयो । सरकारी मिडीया भन्दा बाहेकका मिडियालाई प्रदेश प्रमुखको गेट बाहिरनै राखेर मन्त्री र राज्यमन्त्रीहरुको सपथग्रहण गराउनु भएको हो ।

पत्रकारलाई बाहिर राखेर सपथग्रहण नगर्ने भनेर नबनियुक्त मन्त्रीहरुले भन्दा पनि अटेर गर्दै प्रदेश प्रमुखले पत्रकारलाई गेटभित्र छिर्ननै नदिएर सपथग्रहण गराउनु भएको हो । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्नु भएको हो । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मंगलबार ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभयो ।

उहाँले सत्तारुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) का सांसदहरु घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायात, विशाल खड्कालाई वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त गर्नु भएको थियो । यस्तै नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धरलाई खानेपानी, उर्जा तथा सिँचाई, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपन्छीमन्त्री मन्त्रालयको जिम्मेवारी दिइएको छ । नियुक्त भएलगती प्रदेश प्रमुखको कार्यालयमा उहाँहरुलाई सपथग्रहण गराइएको थियो । कृषि तथा पशुपंछी राज्यमन्त्रीमा नेकपा (एस) की इन्द्रमाया गुरुङलाई नियुक्त हुनु भएको छ ।

पाण्डेले पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिलामन्त्री बनाएका थिए ।

दोस्रो चरणमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । वाग्मतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा मन्त्रालय बनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*