प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते बस्ने
काठमाण्डाै – प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोधलाई निरन्तरता दिएकाे हो ।
एमालेले आजदेखि सुरु भएकाे संसद्काे हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो ।
यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवराेध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।