प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

जनपत्र
२८ मंसिर २०७८, मंगलवार ११:५४

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो ।

छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो ।

१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह  ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको थियो । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*