जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमण : दुई जना सुरक्षाकर्मीको ज्यान गयो, १२ जना घाइते

जनपत्र
२८ मंसिर २०७८, मंगलवार ०६:२६

जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमण भएको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीनगरको जेवानमा रहेको पुलिस क्याम्प नजिकै आतङ्कवादीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका हुन् ।

आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको कश्मीर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*